हाम्रो मिशन

मूल्यहरू

परिकल्पना

स्वच्छ, सक्षम र आधुनिक सार्वजनिक वित्तीय व्यवस्थापन मार्फत जिल्ला स्तरमै वित्तीय सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा उत्कृष्टता सुनिश्चित गर्दै समृद्ध र सुरक्षित मुगु निर्माण गर्ने।

ध्येय

सार्वजनिक खर्च तथा राजस्व व्यवस्थापनमा पारदर्शिता, शुद्धता र उत्तरदायित्व कायम गर्दै वित्तीय अनुशासन सुदृढ गर्ने। सूचना–प्रविधिमा आधारित स्मार्ट सेवा प्रवाह गरी नागरिक, कर्मचारी तथा सरकारी संस्थालाई छिटो–छरितो सेवा दिने। बजेट कार्यान्वयन, भुक्तानी, लेखा परीक्षण तथा प्रतिवेदनलाई गुणस्तरीय र समयमै उपलब्ध गराउने। संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूसँग सहकार्य, समन्वय र सेवा–एकीकृत प्रणाली विकास गर्ने। इमानदारी (Honesty), वस्तुनिष्ठता (Objectivity), व्यावसायिकता (Professionalism) र नैतिक आचरण (Integrity) लाई कार्यसंस्कृतिको मूल आधार बनाउने। वित्तीय अनियमितता, जोखिम र कमजोरीलाई न्यूनीकरण गरी विश्वसनीय, सुरक्षित र उत्तरदायी सार्वजनिक कोष प्रणाली कायम गर्ने।