हाम्रो मिशन

परिकल्पना

स्वच्छ, सक्षम र आधुनिक सार्वजनिक वित्तीय व्यवस्थापन मार्फत जिल्ला स्तरमै वित्तीय सुशासन, पारदर्शिता, उत्तरदायित्व र सेवा उत्कृष्टता सुनिश्चित गर्दै सम्पन्न र सुशासित मुगु निर्माण गर्ने।

ध्येय

१. सार्वजनिक खर्च तथा राजस्व व्यवस्थापनमा पारदर्शिता, शुद्धता र उत्तरदायित्व कायम गर्दै वित्तीय अनुशासन सुदृढ गर्ने।   २. सूचना-प्रविधि आधारित स्मार्ट सेवा प्रवाह गरी नागरिक, कर्मचारी र सरकारी संस्थालाई छिटो–छरितो सेवा दिने।   ३. बजेट कार्यान्वयन, भुक्तानी, लेखा परीक्षण तथा प्रतिवेदनमा गुणस्तर, समयमै उपलब्धता र पूर्णता सुनिश्चित गर्ने।   ४. संघ, प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयहरूसँग सहकार्य, समन्वय र सेवा–एकीकृत प्रणाली विकास गर्ने।   ५. इमानदारी (Honesty), वस्तुनिष्ठता (Objectivity), व्यावसायिकता (Professionalism) र नैतिक आचरण (Integrity) लाई कार्यसंस्कृतिको मूल आधार बनाउने।   ६. वित्तीय अनियमितता, जोखिम र कमजोरीलाई न्युनीकरण गरी विश्वसनीय, सुरक्षित र उत्तरदायी सार्वजनिक कोष नियमन कायम गर्ने।

मूल्यहरू

इमानदारिता   व्यावसायिक उत्कृष्टता   निस्पक्षता र पारदर्शिता   सेवा–उन्मुखता   जवाफदेहिता र दिगोपन   स्मार्ट प्रशासन र नवप्रवर्तन